धनगढी विस्फोटमा गम्भीर घाइते १ जनाको मृत्यु

विहिबार भएको बम विस्फोटमा  धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा  मा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते भएका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ । प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । झोला भिरेको मान्छे बस्ने बित्तिकै बम विस्पोट भएको कुरा प्रत्यक्षदर्सि ले बताएका छन् ।

बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज  पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *