भोजपुर भिडन्त : विप्लव समूहले प्रहरी जवानलाई ‘लखेटेर’ गोली हानेको थियो

भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर  गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेको क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।सादा पोशाकमा एक्लै निस्कियको बेला नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्‍याएको थियो । उनलाई त्यहीँ गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गोली चलाएको थियो । प्रहरीको गोली लागेर नीरकुमारको मृत्यु भएको छ। विप्लव समूहका एक कार्यकर्तालाई पनि गोली लागेको भनिएको छ, तर पुष्टि हुनसकेको छैन।घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *