वाणिज्य बैँक धनगढीको सेवा अस्तव्यस्त: सेवाग्राहीले घण्टौँ लाईनमा कुर्नुपर्ने बाध्यता

धनगढीको राष्ट्रिय वाणिज्य बैँकको सेवा प्रभावकारी हुन सकेको छैन्। सेवाग्राहीले चेक साट्न देखि लिएर अन्य बैँङकिङ कारोवारका लागि घण्टौँ सम्म पालो कुर्नुपर्ने बाध्यता अहिले पनि कायमै रहेको छ। बैँकले छिटोछरितो सेवा प्रवाहमा ध्यान नदिदा सेवाग्राहीले सास्ती खेप्नुपरिरहेको गुनासो गरिएको छ। धनगढीको तारानगरबाट रकम झिक्न बिहान ११ बजे नै बैँकमा पुगेकी पदमा जोशी दिउँसोको पौने १ बजे सम्म पनि टोकन लिएर पालो कुरिरहेकी थिईन्।

‘पैसा झिक्न डेढ घण्टा देखि पालो कुरेर बसेकी छु,’ पदमाले भनिन्, ‘खै कतिखेर पालो आउँछ, केटाकेटी स्कुलबाट आउने बेला भइसक्यो।’ लोकसेवा परिक्षाका लागि आवेदन फारम भरेका अछामका अमर धामीले राजस्व बुझाउन बिहान १० बजे नै बैँकमा पुगेको बताए। ‘बिहान १० बजेदेखि लाईनमा उभिएको छुँ, अहिले सम्म पालो आएको छैन्, साह्रै ढिलासुस्ती छ।’ त्यसैमाथि बढ्दो गर्मीले झनै हैरान बनाएको उनले गुनासो गरे।

धामीले भने, ‘अत्यधिक गर्मी छ, मान्छेहरुको भीडभाड पनि निकै बढि छ तर पंखा समेत नलचेका कारण समस्या भएको छ।’ धनगढीको विशालनगरकी जानकी उपाध्यायले पनि घण्टौँ लाईनमा कुर्दापनि पालो नआएको गुनासो गरिन्। उनले एटिएम समेत नचल्दा बिहान १० बजेदेखि नै पैसा झिक्न टोकन लिएर लाईनमा कुरिरहेपनि पालो नआएको बताईन्।

‘कतिखेर इनटरनेट चलेन भन्छन्, कतिखेर केही बहाना बनाएर कर्मचारीले काम नगर्दा समस्या भएको छ।’ दिनेश खबरसंग गुनासो पोखिन् उनले। धनगढीको तारानगरका पदम बहादुर चन्दले कर्मचारीको लापरवाहीले आफूूहरुले सास्ती खेप्नु परेको गुनासो गरे।’ ‘एकातीर विद्युत नहुँदा घण्टौँ सम्म कुर्नुपर्दा गर्मीले आक्रान्त बनाएको छ,’ चन्दले भने, ‘अर्कोतीर कर्मचारीले छिटो छरितो काम नगरी भित्र बाहिर गर्दा थप समस्या भएको छ।’

यता राष्ट्रिय वाणिज्य बैँकले भने सिस्टममा आएको प्राविधिक समस्याले छिटो छरितो सेवा प्रदान गर्न नसकिएको दावी गरेको छ। वणिज्य बैँकका व्यवस्थापक हरिश चन्द्र भट्टले विगत तीन दिनदेखि सिस्टममा आएको प्राविधिक समस्याले कार्य सम्पादनमा ढिलाई भएको बताए भने लोकसेवाको दस्तुर बुझाउनेहरुको अत्यधिक चापले समान्य समयको भन्दा भीडभाड बढि भएको जिकिर उनले गरे। तर वाणिज्य बैँकमा समान्य समयमा पनि सेवा प्रवाहमा हुने ढिलासुस्ती सास्ती खेप्नु परेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *