साइकलको ठक्करबाट घाइते चल्ला लिएर अस्पताल पुगे यी निर्दोष बालक

बालबालिका भगवान्‍को अर्को रूप हुन् भन्ने गरिन्छ साँच्चै नै उनीहरूको मन शुद्ध हुन्छ पनि । उनीहरू सामाजिक मापदण्डहरू पनि बुझ्दैनन् र त्यसद्वारा उनीहरूको सोच बाँधिएको पनि हुँदैन। उनीहरू निक्कै सरल तरिकाले सोच्ने गर्छन्। आफूले गरेको कुनै गतिविधिबाट नकारात्मक परिणाम निस्कियो भने उनीहरू निक्कै भावुक भइदिन्छन्।

 

यस्तै घटना भएको छ भारतको उत्तरपूर्वी राज्य मिजोरममा। मिजोरमको सइरांगका एक सानो बालक सडकमा साइकल चलाइरहेका बेला भूलबस छिमेकीको कुखुराको चल्लालाई ठक्कर दिन पुगे। इन्डिया टाइम्सले लेखेअनुसार चल्ला घाइते भएपछि निक्कै भावुक बनेका उनी तत्काल आफूसँग भएको पैसा लिएर घाइते चल्लालाई लिएर अस्पताल पुगे र डाक्टरहरूसँग चल्लाको उपचारका लागि सहयोग मागे।

 

उनको निर्दोष व्यवहार हेरिरहेका एक फेसबुक युजरले उनको तस्वीर खिचर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको तस्वीरलाई अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र रूपमा शेयर गरेका छन्। ७५ हजारभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती अवोध बालकको निर्दोष तस्वीर शेयर गरेका छन्। उनको व्यवहारलाई पनि सबैले मनपराएका छन्।

 

फेसबुक प्रयोगकर्ता सांगा सायजले ती बालकको तस्वीर सार्वजनिक गरेका थिए। ‘मिजोरमको सैरंगका यी बालकको साइकल मुन छिमेकीको कुखुराको चल्ला परेर घाइते भएको थियो। यी बालकले एउटा हातमा पैसा र अर्को हातमा कुखुराको चल्लालाई लिएर अस्पतालमा पुगे। यो देखेरमा एकै समय रुँदै पनि छु र हाँस्दै छु’ उनले क्याम्पसनमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *