‘अखण्ड भारत’ भित्तेचित्रमा नेपाली भुभाग समावेश

शेयर गर्नुहोस

काठमाडौं । केही दिनअघि मात्रै उद्घाटन गरेको संसद् भवन भारतले बनाएको ‘अखण्ड भारत’ भित्तेचित्तमा नेपाली भुभाग सभावेश गरेको छ । भारतले यसरी बनाएको भित्तेचित्रले कूटनीतिक विवाद सिर्जना गरेको छ ।
भारतले नेपालका भूभागहरु कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा आफ्नै भूभाग जसरी राखेर द्विपक्षीय सम्बन्धमा दरार ल्याएको नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटर मार्फत भनेका छन्,‘यसले भारतका निकटतम छिमेकी देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । अहिले देखा परेको विश्वासको संकटलाई अझ बढाउने छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा स्पष्ट पार्न उपयुक्त हने उनले बताएका छन् । भारतले नेपाल लगायत छिमेकी पाकिस्तान लगायतका भुभाग आफ्नो नक्सामा समावेश गरेको छ ।