बैशाख २३, महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ कञ्चन भोजमा रहेको बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।
शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सशस्त्र प्रहरी नायब निरीक्षक चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।
खुकुरी प्रहार गर्नेहरुको खोजी भइरहेको उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा बोर्डर आउट पोस्ट प्रमुखमाथि खुकुरी प्रहार
