डडेल्धुरा अस्पतालका नवनियुक्त अध्यक्ष सिंहले गरे पदभार ग्रहण

शेयर गर्नुहोस

डडेल्धुरा । डडेल्धुरा अस्पतालका नवनियुक्त अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण सिंहले आज बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा अध्यक्ष सिंहलाई अस्पतालका कर्मचारीले फूलमालाले स्वागत गरेका थिए ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले आफुलाई बिश्वास गरेर दिएको जिम्मेवारी पुणर् रुपले बहन गर्दै डडेल्धुरा अस्पताललाई पुर्ण क्षमतामा संचालन गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले कामको दौरानमा कसैलाई काखा र कसैलाई पाखा नगरिने तर सिस्टम भन्दा बाहिर जान खोजे त्यो स्विकार्य नहुने बताए ।

उनले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई बिरामीलाई गर्ने व्यवहार सच्याउन अनुरोध गरेका थिए । उनले बिरामी र कुरुवालाई अस्पतालबाट औषधी किन्न बाहिर मेडिकल पठाउने कार्य रोक्न निर्देशन दिए । अध्यक्ष सिंहले ल्याबको चर्को शुल्क तत्काल घटाउने प्रतिबद्दता ब्यक्त गरे ।

आजै अध्यक्ष सिंहसंगै व्यवस्थापन समिति सदस्य तेज बहादुर साउदले पनि पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै सदस्य साउदले आग्रह पुर्वाग्रह नराखी डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम प्रदेशकै नमुना अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र विरामीका कुरुवाको सहभागिता रहेको थियो ।