काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा.ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सांसद् ठाकाकुमारको पद खारेज नगर्न आदेश दिएको हो ।
ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाही पछि सांसद पद गुमाएका थिए । उनले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध आइतबार सर्वोच्चमा रिट दिएका थिए । सांसद् ठाकाकुमारले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको थियो ।
सांसद् ठाकाकुमारले मेडिकल व्यवसायी प्रसाईंसँग ढाई करोड घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । ढाई करोड घुस लेनदेन गरेको अडियो प्रकरण पछि पार्टीको कारबाहीमा परेका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।