दार्चुलाका एक वडाअध्यक्ष चेक अनादर मुद्दामा पक्राउ

शेयर गर्नुहोस

धनगढी । दार्चुला जिल्लको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष चेक अनादर मुद्दामा पक्राउ परेका छन् ।

नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी कैलालीको अत्तरियाबाट पक्राउ परेका हुन् । उनलाई चेक अनादर आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ग्लोबल आइएमई बैंकको ३५ लाखको चेक कैलालीका टंक कुँवरलाई दिएका थिए ।

चेक जारी भएको खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले गत फागुन महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा वडाअध्यक्ष धामीलाई प्रहरीले जेठ २५ गते पक्राउ गरेको थियो । धामीलाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।