प्रि-बजेट छलफल अर्थमन्त्रीको जवाफपछि आज सकिंदै

शेयर गर्नुहोस

काठमाडौं २७ वैशाख । संघिय संसद अन्तरगत प्रतिनिधि सभाको जारी बर्खे अधिवेशनको संसदमा प्रि-बजेटबारे छलफल भइरहेको छ । गत आइतबारबाट सुरु भएको प्रि-बजेटबारे छलफलको आज अन्तिम दिन हो ।

आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठकको निणर्य अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिन लागेको हो ।

छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि जेठ १५ गते सरकारले संसदमा बजेट प्रस्तुत गर्ने छ ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल सक्नु पर्ने र जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।