संघीय संसदका दुबै सदनको बर्खे अधिवेशन आजबाट सुरु हुँदै

शेयर गर्नुहोस

काठमाडौं,२४ वैशाख । संघीय संसद्का दुबै सदनको बर्खे अधिवेशन आजबाट सुरु हुदैछ । संघीय संसद्को प्रतिनिधि र राष्ट्रियसभाको बर्खे अधिवेशन आज आइतबारदेखि सुरु हुन लागेको हो ।

सरकारको सिफरिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन आज अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुने भएको हो । संघीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने र राष्ट्रपतिको कार्यकालबाट मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने रहेको छ ।

त्यसैगरी बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका रहेको छ । त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । यसै अधिवेशनमा सरकारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम ल्याउने छ ।