संसद बैठकमा किन नाङ्गिए सांसद् अमरेशकुमार सिंह ?

शेयर गर्नुहोस

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको आजको बैठकमा आफुलाई बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय दिन नमिल्ने बताएपछि सिंहले कपडा खोलेर बिरोध गरेका थिए ।

सांसद् सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । संसदीय मर्यादा कायम नगरे थप कारवाही गर्ने चेतावनी दिएपछि स्वतन्त्र सांसद् सिंहले कपडा लगाएका थिए ।