काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा तोकिएको छ । यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको मुद्धा अब न्यायाधीश राईको इजलासमा सुनुवाइ हुने भएको छ ।
त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन अदालतबाट आदेश भएको थियो । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो । गत असोज २० गते सन्दीपलाई नाबालिग बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।