काठमाडौं, २५ बैशाख । गत मंसिर ४ गते भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बरर ४ बाट निर्वाचित भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
ठाकुरले अमरेश राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा समेत संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएका छन् । सांसद सिंह सर्लाही ४ बाट विजयी हुनु अगाडि उनले नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका थिए । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट चुनाव लडेर जितेका थिए ।
यस्तो छ सांसद सिंहविरुद्ध उजुरी




