बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङ । बझाङ जिल्लमा पर्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बित्थडचिर गाउँपालिका वडा नम्बर ६ चिसापानीमा एम्बुलेन्सको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जयपृथ्वी राजमार्गको बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको सुपप्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।