आयल निगमले घटायो डिजेल र मट्टीतेलमा लिटरमै १० रुपैयाँ

काडमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा लिटरमै १० रुपैयाँले घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निणर्य गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि सञ्चालक समिति बैठकले मंगलबार रातिबाट लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।