काठमाडौं । पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता स्वर्गिय मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् । कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन ।
स्वर्गिय भण्डारीकी पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय अवलोकन गरेकी छिन् । २०५० साल जेठ गते मदन भण्डारीको त्रिशुली नदीमा रहस्यमय रुपमा जीप दुर्घटना भएर निधन भएको थियो । उनै मदन भण्डारीको आज ३० औं स्मृति दिवस हो ।