धनगढी । मेरा वाँज परदेश वाइग्या ठाडी भाका गितको भिडियो सार्वजनिक गरिएको छ । गितका सर्जक बिक्रम कुँवर (प्रतीक) र धर्मा बोहरा भावनाको स्वरमा रहेको गित एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
गीतमा लय र शब्द विक्रम कुँवर प्रतीकका रहेका छन् भने भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा ललित साँउद र उर्मिला कुँवरले अभिनय गरेका छन् । गरिबीका कारण परदेश जानु पर्ने सुदूरपश्चिमबासीको विषयलाई समेटेर निर्माण गरिएको उक्त भिडियो गितमा सुदूरपश्चिको भाषा प्रयोग गरिएको छ । कर्णाली रेकर्डिङ स्टुडियो अत्तरियाले रेकर्डिङ गरेको थियो । गित बजारमा ल्याउन विषेश सहयोग अत्तुल बम नरेसले गरेको सर्जकले बताउनु भयो । उनले भिडीयो हेरेर लाएक कमेन्ट र सेयर गरेर सहयोग गरिदिन हुन दर्शकसंग अनुरोध समेत गरेका छन् ।
गितका सर्जक तथा गायक कुँवर जनसाँस्कृतिक महासंघ नेपाल केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज हुन् । उनका यसअघि झुपडीका आवाज, पुर्चौंडी घुमौला, मान्छे मान्छे बिचको भेद्भाव, जाउ है साथी र लिपुलेक हाम्रै हो लागायतआधा दर्जन बढी गितहरु सार्वजनिक भइसकेका छन् ।