धनगढी । मेची महाकाली जागरण अभियानको भारतको राजधानी दिल्लीमा रहेको आफ्नो राज्य समिति पुनर्गठन गरेको छ । रोजगारीका क्रममा भारतमा बस्नुहुने नेपालीमाँझ लोकप्रिय रहेको समाजिक संस्था मेची महाकाली जागरण अभियान भारतले आफ्ना केन्द्रीय पदाधिकारीको उपस्थितिमा दिल्ली राज्य समितिको दोस्रो भेलाबाट ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुका हरेक समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्न केही वर्ष पहिला स्वर्गीग किसन बोहराको अगुवाईमा हरियाणा राज्यको फरिदावादमा स्थापना भएको संस्था मेची महाकाली जागरण अभियानले हाल भारतका मुख्य राज्यहरुमा आफ्नो संगठन विस्तार गर्रर्दै आएको छ । यहीँक्रममा भारतको राजधानी रहेको दिल्ली राज्यको समिति पुनर्गठन गरेको हो । पुनर्गठीत समितिको अध्यक्षमा अनमोल उपाध्याय, उपाध्यक्ष लक्ष्मण परियार, उपाध्यक्ष कुमारदेव खत्री, उपाध्यक्ष हिक्मत थापा रहेका छन् । यस्तै सचिवमा राहुल शर्मा, सह-सचिव राजेन्द्र परियार, कोषाध्यक्ष जनक परियार र सह-कोषाध्यक्ष मदन परियार लगायत ५१ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको मेची महाकाली जागरण अभियानका कन्द्रीय अध्यक्ष मदन धामी कुशलले जानकारी दिएका छन् ।

मेची महाकाली जागरण अभियान अन्तरगत पर्ने दिल्ली राज्य समितिको दोस्रो भेलाका प्रमुख अतिथि संस्थामा केन्द्रीय अध्यक्ष मदन धामी कुशल रहनु भएको थियो भने भेलाको अध्यक्षता समाजसेवी भैरवराज उपाध्यायले गर्नु भएको थियो । यस्तै विशिष्ट अतिथिमा संस्थामा सबै केन्द्रीय पदाधिकारीहरु रहनु भएका थिए भने कार्यक्रमको सञ्चालन मनीष उपाध्यायले गरेका थिए । कार्यक्रममा दिल्ली राज्य आसपास रहनुहुने नेपालीहरुको उपस्थिति रहेको थियो ।
यस्तै मेची महाकाली जागरण अभियानको केन्द्रीय पदाधिकारी बैठकले संस्थाको केन्द्रीय उपाध्यक्षमा भैरवराज उपाध्याय र केन्द्रीय सदस्यमा मनीषराज उपाध्याय र मान सिंह ठगुन्ना लाई चयन गरेको अध्यक्ष धामीले जानकारी दिए । भेलामा उपस्थिति मध्ये मन्तव्य राख्ने सबै सहभागिहरुले स्वर्गीय किसन बोहराको योगदानको चर्चा गरेका थिए । उनीहरुले स्वर्गीय बोहराका सपना पुरा गर्न आफुहरु मन, बचन र कर्मले यस अधियानमा लाग्ने बताएका थिए । स्वर्गीय बोहराले मेची महाकाली जागरण अभियान आफ्नो अग्रसरतामा स्थापना गरेको संस्था हो । उनी यस बाहेक दर्जन बढी समाजिक संघ संस्थामा सक्रिय रुपमा क्रियाशील रहेक थिए । बोहराको कोरोना भाइरसको जोखिमकाबेला एक्कासी स्वासप्रस्वासमा आएको समस्याका कारण २०२१ अप्रिल २० तारेखमा दुखद निधन भएको थियो ।