उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह

शेयर गर्नुहोस

काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उपसभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले महाअभियोग प्रक्रियामा जानुभन्दा पहिला नै उपसभामुख रानाले राजीनामाको बाटो रोज्दा उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको बताए । असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको कांग्रेसको ठहर छ ।

प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए उपसभामुखले गर्नै नहुने काम गरेको र परराष्ट्र मार्फत जानुपर्ने कुरा आफैंले पत्र लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको काँग्रेसको बुझाइ छ । उपसभामुखलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी थालेको छ ।