पुर्खाहरुको परदेश, हाम्रा कैयौं आवस्यकता र सपना पुरा गर्ने ठाउँ,
जहाँ जान घरबाट निस्किए सङ्गै पुर्खाहरु लुटिनेक्रम पनि सुरु हुन्थ्यो ।
परदेश गएका पुर्खा पाखो खेतको बाली भित्र्याउन मात्रै फर्कन्थे तर हामी नेतालाई भोट दिन,
पुर्खाहरु परदेशमा चौकीदारी किन्थे, देश भित्रिदा सिमानामा पैसा तिर्थे तर हामीले प्रदेशमा योजना किन्नुपर्ने ।
पुर्खाको नियति नै हुन्थ्यो सिमानामा लुटिनुपर्ने, हामी प्रदेशका हाम्रा अगुवाबाटै,
फरक यत्ति हो, पुर्खाको परदेश देशको सिमाना बाहिर थियो, हाम्रो प्रदेश देश भित्रै छ ।
पुर्खाको परदेश भन्दा हाम्रो प्रदेशको दुरी छोटो छ, भुगोल देशको छ, भाषा नेपाली छ तर व्यवहार उस्तै उस्तै,
पुर्खाहरु परदेशमा शाहुको अत्याचार सहन्थे, हामी प्रदेशमा योजना बेचिरहदा चुपचाप बस्नुपर्ने ।
म परदेश र प्रदेश बिच तुलना गर्छु र कत्ति पनि फरक लाग्दैन् मलाई,
त्यसैले त प्रदेश हाम्रो हो र यो रहनुपर्छ भन्ने लाग्नै छाडेको छ मलाई ।
मेरा लागि उस्तै उस्तै हुन् पुर्खाको परदेश र हाम्रो प्रदेश,
अचेल पुर्खाको परदेश र हाम्रो प्रदेश बिच फरक लाग्दै लाग्दैन् ।
अचेल पुर्खाको परदेश र हाम्रो प्रदेश बिच फरक लाग्दै लाग्दैन् ॥