सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंहको सवार गाडी दुर्घटना

शेयर गर्नुहोस

जगदीश रोकाया,बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्वर रहेको मन्त्रीको सवार गाडी मंगलबार दुर्घटना भएको हो ।

डडेलधुराबाट बझाङ आउने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा मन्त्री सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाडीमा सवार मन्त्री सिंह लगायत पाँच जना घाइते भएका छन् । घाइतेहरुको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बागथला प्रहरी पोष्टले जानकारी दिएको छ ।

मन्त्री सिंह गुह जिल्ला बझाङ भ्रमणका लागि आएका थिए । घटना स्थलमा सुरक्षाकर्मी परिचालन गरि घाइतेको उद्दार गरिएको र घटनाको थप विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ