काठमाडौं । रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरुले स्थापना गरेको समाजिक संस्था जन सहयोगी संस्थाले नेपाली महिलाहरुले मनाउदै आएको सांस्कृतिक पर्व हरितालिका तीज भव्यताका साथ मनाएको छ । जन सहयोगी संस्था भारतले त्यहा रहेका नेपाली दिदिबहिनीहरु आमन्त्रण गरेर तीज पर्व मनाएको हो ।
राजधानी दिल्ली नजिकै रहेको फ़रीदावादमा हरितालिका तीज पर्व भव्यताका साथ मनाइएको भारतमा लामो समयदेखि फास्टफुडको व्यवसाय गर्दै आउनु भएका व्यवसायी प्रकास बोहराले बताए । जन सहयोगी संस्थाले भारत तथा नेपालमा समस्यामा परेका नेपालीहरुलाई बिगत देखि सहयोग गर्दै आइरहेको छ ।
फ़रीदाबादको सेक्टर १६/ऐ मा आयोजना गरिएको तीज कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको यियो । कार्यक्रममा संस्थाका महिला नेत्रीद्वय मधु रेग्मी (कौशल) र नुमनन्द शर्मा (भुसाल) प्रमुख अथिति रहेका थिए । यस्तै संस्थाका सलाहकार प्रकास बोहरा विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा यूवा व्यवसायी कुमार नगरकोटी, स्वर्गद्वारी सुपा देउराली लालीगुराँसबाट रामु परियार, गिरी थापाको उपस्थिति रहेको थियो ।
तीज कार्यक्रमा संस्थाका जिम्मेवार सदस्य,सुभचिन्तक तथा त्यहाँ स्थित विभिन्न नेपालीहरु आवद्ध रहेका सघं संस्थाबाट महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाले हरितालिका तीजको अवसर पारेर आफ्नो प्रथम वार्षिकोत्सब समेत गरेको थियो । कार्यक्रम संस्थाका सचिव सुवणर् कौशलले सञ्चालन गरेका थिए ।