गणतन्त्रवादी नेता मयालुको निधन

शेयर गर्नुहोस

काठमाडौ । गणतन्त्रवादी नेता तथा पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा क्यान्सर रोगको उपचार गराइरहेका गणतन्त्रवादी नेता भट्टको गएराति निधन भएको हो ।

राति साढे दश बजे अस्पतालमै उनको निधन भएको थियो । नेता भट्टको जन्म १९ असार २००७ सालमा डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिकाको डुङ्गरीमा बुवा भोजराज र आमा पार्वती भट्टको कोखबाट भएको थियो । उनका दुई छोरा रहेका छन् छन् । उनकी श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो ।

भट्टले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उतीणर् गरेका थिए । डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाई सरपछि भने उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनी निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उनी जेल समेत परेका थिए । उनले आठ वर्षसम्म जेल जीवन बिताएका थिए । उनको नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहसँग भेट भएको थियो । त्यस बखत सोही जेलमा नेपाली काँग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि थिए ।

उनी रामराजाप्रसाद सिंहसँग प्रभावित भए र २०३२ सालतिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा एको आन्दोलनमा सहभागि भएकबा थिए । उनलाई गणतन्त्रका सेनानी पनि भनिन्थ्यो । सिंहको नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबारअगाडि बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको महासचिव थिए ।

तत्पश्चात उनले गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताएका थिए । पञ्चायती शासकले उनलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो । २०४६ सालको जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दियाबाट प्रतिनिधि सभ सदस्यामा निर्वाचित भएका थिए । उनलाई २०५१ सालको मध्याबधि निर्बाचनमा एमालेको तर्फबार्ट डडेलधुराबाट चुनाब लडेका थिए । एमालेले चुनाव लडाएपनि उनी जनवादी मोर्चाको चुनाव चिन्ह् बालक लिएर चुनाव लडेका थिए । त्यतिबेला उनी पराजित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए । २०७० सालमा उनी एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित भई केन्द्रीय सल्लाहकार सदस्य बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।