खाना खाँदा पानी पिउनु कति ठीक ?

शेयर गर्नुहोस

काठमाडौं । ‘खाना खाँदा पानी पिउनु हुँदैन, यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ’ भनेको हामीले धेरै सुनेका छौं । खाना खानुअघि आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्रै पानी पिउँदा राम्रो हुन्छ भनिन्छ । खानासँगै पानी खाइरहँदा खाना राम्ररी पच्न पाउँदैन भनेको पनि उत्तिकै सुनिन्छ ।

तर यसमा कति सत्यता छ त ?

कसैले खानासँग पानी पिउँछन् भने यसले स्वास्थ्यमा कुनै नकारात्मक असर नपोर्न जनरल फिजिसियन डा. सुनिल गिरी बताउँछन् । ‘खाना खाँदा पानी पिउनाले पाचन समस्या, पेट फुल्ने, एसिड रिफ्लेक्स वा अन्य नकारात्मक स्वास्थ्य प्रभाव निम्त्याउन सक्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन,’ उनी भन्छन्, ‘स्वास्थ्यमा कुनै पनि प्रकारको नकारात्मक असर गर्छ भन्ने कुराको पनि अनुसन्धान वा प्रमाण छैन ।’

खाना चपाउन थाल्ने बित्तिकै मुखमा पाचन प्रक्रिया सुरु हुन्छ । चपाउँदा र्‍याल ग्रन्थिलाई र्‍याल उत्पादन सुरु गर्न संकेत गर्छ । इन्जाइमहरू समावेश गर्छ, जसले तपाईंलाई खाना तोड्न मद्दत गर्छ । त्यसरी नै पानीले पनि खानालाई टुक्राएर पाचन प्रक्रियामा सहयोग नै गर्छ । त्यसैले खानासँग पानी पिउँदा पाचन प्रक्रियामा असर गर्छ भन्नु गलत भएको अधिकारी बताउँछन् ।