मुगु हिमपहिरोमा परी तीन जनाको मृत्यु

शेयर गर्नुहोस

मुगु,२४ वैशाख । मुग जिल्लाको च्यार्खु लेकमा हिमपहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको रहेका पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताएका छन् ।

यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको हो । उयनीहरु संगै गएका अन्य सामान्य घाइते भएका छन्, यस्तै दुई जना सकुशल रहेको बताइएको छ । प्रहरीको टोली घटनाबारे बुझ्न घटनास्थलतर्फ गएको छ ।

हिजो शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति मुगुका पाटनमा पुगेका छन् । मृत्यु भएका तीन जनासहितको टोली पनि गाउँपालिकाको सुचना छलेर यार्सागुम्बा सङ्कलनका लागि पाटनमा पुगेको थियो ।