जीप दुर्घटनामा परी गुल्मीमा एक जनाकाे मृत्यु

शेयर गर्नुहोस

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका-२ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एकजनाकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएकाे हाे । साे दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीकाे भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उनका अनुसार मालिका गाउँपालिकाकाे दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेकाे थियाे । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएकाे छ ।

Advertisement